Logo

मेडिकल ब्यवसायी अन्सारी एमालेमा प्रबेश



काठमाडौं, २९ जेठ । प्रदेश न. २ वीरगन्जका मेडिकल ब्यवसायी बसरूद्दिन अन्सारी सोमबार एमाले प्रबेश गरेका छन् ।

उनी नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक हुन् । उनलाई एमालेले वीरगन्जको मेयरको उम्मेद्वारका रुपमा अघि सार्ने संभावना छ । वीरगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ इन्चार्ज सत्यनारायण मण्डल र केन्द्रीय कमिटी सदस्य रघुविर महासेठले अवीर र माला लगाएर उनलाई एमालेमा प्रबेश गराएका थिए ।

माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका अन्सारीसँगै राजपा, कांग्रेस तथा अन्य पार्टीका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका थिए । यसअघि नै सिरहाको लाहानमा मुन्नी साह एमाले प्रबेश गरेका थिए, जसलाई एमालेले लाहान नगरपालिकाको मेयरको उम्मेद्वार बनाएको छ ।

त्यस्तै, सप्तरीको राजबिराजमा सुखीराम यादव एमाले प्रबेश गरेका थिएन, उनी पनि राजबिराज नगरपालिकाको मेयरका उम्मेद्बार भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot