Logo

राजपाको अवरोधले चुनावमा खासै असर नपर्ने यादवको उद्धघोष



सर्लाही, २९ जेष्ठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने ठोकुवा गरको ।

सर्लाहीको नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो दाबी गरेका हुन् । यही असार १४ गते हुने दोस्रो चरणको चुनाव जुनसुकै हालतमा भएरै छाड्ने बताए ।

उनले अघि भने,‘चुनाव हुन्छ, राजपा नेपालपनि चुनावमा भाग लिन तयार छ, पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन्।’ निर्वाचन आयोगले पार्टी दर्ता र चुनाव चिन्ह रोकेका कारण राजपा चुनावबाट पछि हटेको यादवले बताए । चुनाब सार्दै जादा जनतामा अन्यौलता बढेका छ, उनले भने,‘ सरकारले चुनाब सर्नु भन्दा पनि चुनाव सफल बनाउने तर्फ लाग्नु पर्छ ।’ चुनाब चिन्ह पाए राष्ट्रिय जनता पार्टी चुनाबमा आउने भएकाले मेधेशमा जसरी भएपनि निवार्चन हुने यादबले दाबी गरे।

राजपको अवरोधले चुनावमा समान्य अप्ठ्यारो परे पनि असर भने नपर्ने उनको दाबी थियो । राजपाको आन्दोलनले चुनावमा खासै प्रभाव नपर्ने बताउँदै यादवले भने,‘चुनाव जनताका लागि आवश्यक छ, कसैको आन्दोलने चुनाव प्रभावित हुदैन।’ चुनाब भए जनताले स्थानीय सत्ताले शक्ति पाउने, नभए देश र मधेशका जनताले नोक्सान भोग्ने पर्ने भएकाले चुनाबमा जानु आवश्यक रहेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot