Logo

बेडसिन दिनु ठुलो कुरा होईन : मोडेल रोशनी



धनराज वास्तविक : काठमाडौं, ३० जेठ । पछिल्लो समयमा नेपाली कला क्षेत्रले नयाँ कलाकार पाउँने क्रम निक्कै बढ्दो छ । बरु यस क्षेत्रमा आउँनेहरू कति मस्तीका लागि आउँछन् । कति रहरका लागि आउँछन् । कोही यस क्षेत्रको विकास र विस्तारसँगै आफ्नो भविष्य सुन्दर बनाउँनको लागि आउँछन् ।

यस्तै आशा र अभिलाशाकोसाथ यस क्षेत्रको विस्तारसँगै आफ्नो जिन्दगीको पिरामिड बनाउँने सपना बुनेर कला क्षेत्रमा क्रियाशिल रहेको बताउँछिन् मोडल रोशनी सुनेना ।

परिवारको माया र साथ त्यसैगरि चलचित्र निर्देशक घनश्याम लामिछाने, राज पट्टेलको उत्प्रेणाबाट प्रभावित हुँदै यस क्षेत्रमा भित्रिएकी रोशनीले पुपरो, ल खत्तम भो, एके फोटी सेभेन, जस्ता चर्चित हास्य टेलिसियल, आधादर्जन गीत त्यस्तै नेपाली कथानक चलचित्र ‘क्या वात’ मा अभिनय गरिसकेकी छिन् ।

प्रेम जीवनको अभिन्न अंगका रुपमा स्वीकार गर्ने मोडल रोशनी शारिरिक सम्बन्धलाई लिएर नेपानेपाली समाज पछि परेको बताउँछिन् ।
रहर र कहर भन्दा पनि भविश्य बनाउँने हेतुले यस क्षेत्रमा लागेको भन्दै कथाले मागेको खण्डमा बेडसिन समेत दिन तयार हुने बताउँछिन् ।

 

पछिल्लो समयमा चल्नकै लागि वेडसिन दिनराजी हुनेहरू छन् तपाई यसमा पर्नु हुन्छ ? भनेर गरिएको प्रश्नमा उनि भन्छिन्,‘म प्राकृतिक चिजलाई कुनै अनौठो मान्दिन, कथाले मागेको खण्डमा वेडसिन दिन तयार छु वेड सिन दिनु अनौठो कुरा होईन, कथावस्तुमा भिजेर हेर्ने हो भने वेडसिन सामान्य बनिदिन्छ ।’

विश्व दुनियाँ प्रेमको शक्तिमा बाँचेको स्वीकार गर्ने रोशनी प्रेमलाई केवल मनोरञ्जनको साधनको रुपमा लिन नहुने बताउँछिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot