Logo

देउवा, ओली र प्रचण्डलाई महतोको चेतावनी, “अब हामी आन्दोलनबाट ब्याक हुँदैनौं”



५ दलको बैठक बहिष्कार गर्ने घोषणा,
काठमाडौं, ३१ जेष्ठ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आज साँझ ४ बजेको लागि डाएिको ५ दलको बैठकमा नजाने स्पष्ट पारेका छन्।

बुधबार विहानै पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता महतोले आफूहरुले आन्दोलन थालिसकेकोले अब वार्ताको नाटक आवश्यक नरहेको जिकिर गरे । उनले भने,“जब जब हामी आन्दोलन सुरु गर्छौं, अनि यो सरकार नाटक मञ्चन गर्छ, आजको बैठकमा हामी जाँदैनौं।”

पत्रका धमलाले किन नजाने भनेर प्रश्न गर्दा नेता महतोले रुष्टता पोख्दै आफूहरुलाई फेरि वार्ताको जालझेलमा फसाउनको लागि र आन्दोलन तुहाउनको लागि सरकारले नाटक गरेकोले आफूहरु अब आन्दोलनबाट ब्याक नहुने जिकिर गरे । उनले भने,“हामी किन वार्तामा जाने ? गर्नुछ भने गरे भैगयो नि, के के गर्ने हो त्यो, चुनाव सार्नुछ भनेपनि सारे भैगयो नि, हामी किन जानुपर्यो, हामी त यति भन्छौं कि हाम्रा मागहरु पूरा हुनुपर्छ, अनिमात्रै निर्वाचनमा भाग लिन्छौं।”



प्रतिक्रिया दिनुहोस्

Screenshot