काठमाडौं, ३१ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता पशुपतिशमशेर जबराले संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले एकमतले भोट हाल्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामी ३७ जना सांसदले नै संशोधन प्रस्तावको पक्षमा भोट हाल्छौं।’ उनले आफ्नो पार्टी टुटफुट नहुने समेत जिकिर गरे ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संविधान संशोधन मुख्य लक्ष्य भनेको नै मधेशका मुद्दालाई सम्बोधन गर्नु भएकोले आफ्नो पार्टी संशोधनप्रति पूर्ण सकारात्मक रहेको स्पष्ट पारे । उनले मधेशलाई पनि सम्पूर्ण प्रक्रियामा सहभागी गराउनुपर्ने बताए ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी जनाउनेबारे सरकार र पार्टीवीच वार्ता जारी रहेको समेत उनले जनाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘सहमति भएपछि हामी सरकारमा जान्छौं, अहिले छलफल जारी छ।’
नेता राणाका अनुसार देउवा सरकारसामू अहिले धेरै चूनौतिहरु समेत रहेका छन् । उनका अनुसार भुकम्पपछिको पूर्ननिर्माण फत्ते गर्नुपर्ने, बाँकी तीन चरणकै निर्वाचन सम्पन्न गर्नुपर्ने, आन्दोलनकारी शक्तिहरुलाई विश्वासमा लिएर सहमति गर्नुपर्ने, निर्वाचनमा सुरक्षा प्रत्याभुति गर्नुपर्ने लगायत रहेका छन् ।
उनले राजपा नेपाललाईपनि चुनावमा आउनको लागि आग्रह गरे । जबराले भने,‘राजपा नेपाल पनि चुनावमा ’