Logo

सिंहदरबारमा राजपासहित पाँच दलको बैठक सुरु, आजै वारपार गर्ने



काठमाडौं, ३१ जेठ । राजपा नेपाललाई चुनावमा सहभागी गराउनेबारे सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राजपा नेपाल र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा ५ दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा नेपाल चुनावमा सहभागी हुने परिस्थिति भए तराई मधेशमा अर्को चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन् । तर, यसको लागि राजपा नेपालले प्रतिबद्धता जनाउनुपर्ने सत्तारुढ दलको अडान छ ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर, विजयकुमार गच्छदार लगायत शीर्ष नेताहरु सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot