Logo

लोकसेवा आयोगको निश्पक्षता र विश्वसनीयता जोगाएर राख्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको विधि भनेकै निश्पक्षता र विश्वसनीयता भएकाले यसलाई जोगाएर राख्न निर्देशन दिएका छन् ।

नेपालमा रहेका संवैधानिक निकायले गरेका काममासमेत प्रश्न उठिरहेका सन्दर्भमा लोकसेवा आयोगले भने आफ्नो निश्पक्षता कायम राख्न सकेको उनले बताए । काठमाडौंमा आयोगको ६७ औं वार्षीकोत्सव कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा ‘भनसुन उद्योग’ खुबै फस्टाएको भन्दै लोक सेवा आयोग मात्र एउटा यस्तो निकाय हो जहाँ भनसुन चल्दैन भने ।

राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनालगत्तै स्थापित आयोगले अनेक उत्तारचढावबीच निश्पक्ष रुपमा काम गर्न सफल भएको दृष्टान्त दिँदै आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले यसको विश्वसनीयता गुम्न नदिने प्रतिवद्धता जनाए ।

आयोगलाई विश्वास गरेर नयाँ संविधानले थपेको भूमिका पूरा गर्न आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता मैनालीको थियो । कार्यक्रममा आयोगका उत्कृष्ट कर्माचारीहरुलाई सम्मान पनि गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot