Logo

चुनावी सुरक्षाको लागि क्षेत्रीय गोष्ठीमा जाँदै गृहमन्त्रीसहितको टोली



काठमाडौं, २ असार । गृहमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली चुनावी सुरक्षाको निरिक्षणको लागि असार १४ गते हुने दोस्रो चरणको निर्वाचन हुने क्षेत्रहरुमा पुग्ने भएका छन् ।

गृहमन्त्री शर्माका अनुसार गृहमन्त्रीसहितको सुरक्षा निकायका प्रमुखहरु आउने आईतबार उता जाने भएका छन् । प्रदेश नम्बर ७, ५ र १ का महत्पूर्ण जिल्लामा गृहमन्त्रीसहितको टोलीले सुरक्षा गोष्ठी गर्ने भएका छन् ।

निर्वाचनमा कुनै अप्रिय घट्ना नघटोस् भनेर सचेत रहनको लागि सुरक्षा रणनीति बनाउनको लागि गोष्ठी आयोजना हुन लागेको हो ।
पहिलो गोष्ठी धनगढीबाट सुरु गर्ने पनि मन्त्री शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot