Logo

राजपाकै सहमतिमा प्रदेश नम्बर २ को चुनाव सारिएको हो : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं, २ असार । उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय जनता पार्टीकै सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन सारिएको दाबी गरेका छन् ।

शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् । उनले भने,‘ढुक्क हुनुहो्स्, राजपा नेपालको सहमतिमै प्रदेश नम्बर २ को निर्वाचन सारिएको हो, उनीहरु निर्वाचनमा जसरी पनि आउँछन्।’

राजपा नेपालका शीर्ष नेताहरु महन्ठ ठाकुर, शरदसिंह भण्डारी र महेन्द्र राय यादवको समेत समर्थनमा यस्तो सहमति भएको मन्त्री श्रेष्ठको दाबी छ । उनले भने,‘उनीहरुले जे जे भनेपनि चुनावमा आउनेमा म विश्वस्त छु, तर जे सहमति भएको छ, यो उहाँहरुकै सहमतिमा गरिएको हा।’

त्यस्तै नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललेपनि राजपाकै सहमतिमा सबै सहमति भएको दाबी गरिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot