Logo

नीजी विद्यालयले शुःल्क नघटाए भौतिक कारवाही गर्ने विप्लव (क्रान्तिकारी)को चेतावनी



काठमाडौं, २ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले निजी विद्यालयले बढाएको शुःल्क नघटाए भौतिक कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट विद्यार्थी संठगन क्रान्तिकारीले पत्रकार सम्मेलन मार्फत संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।

संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विगतमा मुल्य वृद्धि नगर्ने भनेर गरिएको सम्झौता कार्यान्वयन नगरिएको भन्दै तत्काल माग सम्बोधन नभए जुनसुकै तवरको आन्दोलन गर्न आफूहरु तयार रहेको चेतावनी दिए ।

उनले भने,‘२०७२ साल वैशाख ६ गते जुन सहमति गरिएको थियो, भौतिक पूर्वाधार र शुल्क मापदण्ड तयार पारिएको थियो, त्यो आज हराईएको छ, हामी भन्छौँ तत्काल त्यो सम्झौता कार्यान्वय गर्नुपर्छ, त्यो फाईल सार्वजनीक गर्नुपर्छ, राजनीति दलालीहरू शिक्षाको नाममा दलाली गर्दैछन्, यो हामी हेरेर बस्दैनौ, हाम्रा मागहरू पुरा भएनन् भने भौतिक रुपमा कारवाही गर्न बाध्य हुनेछाँै ।’

कार्यक्रममा असार ४ गते शुल्क वृद्धि गरेका विद्यालयहरूमा विरोध स्वरुप कालो झण्डा देखाउने, असार ६ गते सरोकारवालासँग अन्तरक्रिया गर्ने, असार ८ गते अत्याधिक शुल्क वृद्धि गर्ने विद्यालयको लेख र विद्यायल प्रधानाध्यापको कार्यकक्षमा अनिश्चित तालाबन्दी गर्ने, असार १३ गते उपत्यका बन्द गर्ने, असार १४ गतेसम्म माग पुरा नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने अध्याक्ष सिँह जानकारी दिए । उनले आफूहरुको मागप्रति बेवास्ता गरिए जुनसुकै आन्दोलन गर्न तयार हुने चेतावनी दिए ।

कार्यक्रममा केन्द्रीय सचिव रामबहादुर बिकले प्रेस विज्ञप्ती वाचन गर्दै भने,‘नीजी स्कुलसँग धेरैचोटी वार्ता गरेका छाँै, हाम्रा मागहरू वार्तामा सम्बोधन गछौँ भन्ने तर व्यवहारमा झन चर्को शुल्क लिने काम भएको छ, यो हामीलाई कदापी स्वीकार्य छैन्, ३ वर्षको बालबालिकाको नाममा कम्प्यूटर, जिम, पौडीजस्ता विषयमा शुल्क लिएको पाईएको छ, यो सोझै आर्थिक ब्रम्हलुट हो, सरकारले यस अपराधिक कामलाई टुलुटुलु हेरिरहेको छ, तर हामी यस्तो अन्याय हेर्न सक्दैनौ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot