Logo

गृहमन्त्री शर्मा र नेपालका लागि फ्रान्सका राजदूत कार्मोनाबीच भेटवार्ता



काठमाडौँ, २ असार । गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाबीच दुई देशको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको छ ।

गृह मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा गृहमन्त्री शर्माले फ्रान्स र नेपालबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहेको र अन्तर्राष्ट्रिय मामिलामा आपसी समझदारी कायम रहँदै आएको बताउनुभयो ।

मन्त्री शर्माले समसामयिक विषयबारे जानकारी गराउँदै स्थानीय निर्वाचनले राजनीतिक स्थायित्व कायम हुने र स्वस्थ्य प्रतिस्पर्धाको विकास हुनेमा जोड दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

उहाँले दोस्रो चरणको निर्वाचन पनि निर्धारित समयमा सम्पन्न हुने बताउँदै प्रदेश र सङ्घको निर्वाचनको तयारी भइरहेको उल्लेख गर्नुभयो । यसैगरी, फ्रान्सका राजदूत कार्माेनाले नेपालसँग निकटतम सम्बन्ध रहेको भन्दै आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot