Logo

निर्वाचित जनप्रतिनिधिहरुलाई धमलाले भने,‘भोट माँग्दा बोलेका वाचा अब पूरा गर्नुहोस्’



काठमाडौं, ३ असार । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले काठमार्डौं महानगरपालिका वडा नम्बर २६ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको समस्या समाधान र वडाको समग्र विकास गर्नतिर केन्द्रित भएर काम गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंको रानिबारीमा आयोजित बधाई तथा शुभकामना र समस्या सुनुवाई कार्यक्रममा सम्बोधन गर्दै पत्रकार धमलाले नवनिर्वाचित प्रतिनिधिहरुलाई जनताका विकासमा केन्द्रित भएर काम गर्न शुभकामना दिए । उनले भने,‘तपाईहरुले चुनावी प्रचारको दौरानमा गरेका सबै बाचाहरु पूरा गर्नुहोस्, चूनौतिहरु धेरै छन्।’

उनले चुनावी घरदैलोमा जाँदा जनताहरुसँग गरेका वाचाहरु पूरा गर्न समेत गरे । उनले वडामा विद्यमान रहेका सबैखाले समस्याहरुलाई समाधान गर्नको लागि कुनै कसर बाँकी नराख्न प्रतिनिधिहरुलाई सुझाएका छन् । धमलाले नवनिर्वाचित प्रनिधिहरुलाई चनाखो भएर काम गर्न समेत निर्देशन दिएका छन् । उनले भने,‘विकास घरबाटै सुरु गर्नुपर्छ, तपाईहरु यो वडाबाट विकास गर्न सुरुवात गर्नुहोस्, तपाईहरुलाई मेरो ठाउँबाट हर सहयोग गर्न म तयार छु।’

कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष खेमराज तिवारीले वडामा हाल रहेका समस्याहरुको पहिचान गर्दै उक्त समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे प्रकाश पारेका थिए ।

उनका अनुसार वडाका सबै क्षेत्रका फोहोरमैला उठाउने व्यवस्था गर्ने, सोलार बत्ती राख्ने, बाटोघाटोहरु मर्मत गर्ने, काठका विजुलीका पोलहरु विस्थापित गरेर फलामको पोल राख्ने, खानेपानीको समस्या समाधान गर्ने, प्रति जग्गामा समितिको भवन र किरियापुत्री भवन बनाउने लगायतका योजनाहरु सुनाएका थिए ।

त्यस्तै कार्यक्रममा मेलम्ची खानेपानी परियोजनाका ईन्जिनियर विजय लामिछानेलेपनि आफ्ना विचारहरु राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्