Logo

प्रचण्डको दुत बनेर मातृका यादवले प्रधानमन्त्री देउवालाई भेटे



काठमाडौं, ३ असार । प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डका दुतका रुपमा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् मधेशका शीर्ष नेता मातृका यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटवार्ता गरेका छन् ।

प्रचण्डले आफ्नो दुतको रुपमा नेता यादवलाई देउवालाई भेट्न पठाएका छन् । प्रचण्डका सन्देश बोकेर नेता यादव देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । स्रोतका अनुसार नेता यादवले राजपा नेपाललाई चुनावमा कसरी सहभागी गराउने, मधेशमा राजपाले चुनाव विरोधी आन्दोलन गर्दा कस्तो असर पर्छ भन्ने विषयमा केन्द्रित रहेर आफ्नो पार्टीका अध्यक्ष र आफ्नो व्यक्तिगत धारणा प्रधानमन्त्री देउवालाई सुनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्