Logo

जनकपुरमा राजपाका ४१ जना कार्यकर्ता पक्राउ



जनकपुर, ४ असार । दोश्रो चरणको चुनावको मनोनयन दर्ता रोक्ने लद्देश्यले आइतबार आह्वान गरेको तराई मधेस बन्दको क्रममा जनकपुरमा प्रदर्शनमा उत्रेका ४१ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरु राजपा नेपालका जिल्ला नेता कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुलाई जनकपुरको जनकचोक, उपमहागरपालिका अगाडि र जिल्ला प्रहरी कार्यालय अगाडि लगायतका ठाउँबाट प्रदर्शन एवम् तोडफोडको क्रममा पक्राउ गरेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा राजपा धनुषा सँयोजक परमेश्वर साह, सँजय सिँह, सरिता शर्मा, पुष्पा मिश्रा, प्रमोद यादव लगात दुई दर्जन बढीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ ।

पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै थप प्रदर्शन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot