Logo

दमकमा चुनावी रौनक, फोरम नेपाल र नयाँ शक्तिको संयुक्त उम्मेदबारी दर्ता



झापा (दमक), ४ असार । झापाको दमकमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन् । दुवै पार्टीले आज संयुक्त उम्मेद्वारी दर्ता गराएको फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले जानकारी दिनुभयो ।

दमक नगरपालिकाको मेयरमा सतिश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेद्वारी परेको हो । साह नयाँ शक्ति र शेर्मा फोरम नेपालका उम्मेद्वार हुन् ।

त्यस्तै, दमक वडा नम्बर १ मा फोरम नेपालको सेट उम्मेद्वार छन् । वडा अध्यक्षमा ओममाया आङ्देम्बे, महिला सदस्य कृश्नकुमारी अधिकारी, महिला दलित सदस्य कल्पना विक, खुल्ला सदस्यमा कुमार राई र पन्चमाया लिम्बू छन् ।

वडा ३ मा डम्बरबहादुर तिम्सिना अध्यक्ष नयाँ शक्तिबाट र खुला सदस्यहरु गंगाप्रसाद दुलाल र नरेन्द्र कुमार शेर्मा फोरम नेपालबाट उम्मेद्वार बनेका छन् ।
वडा ५ बाट अध्यक्षमा राजु खड्का र दलित महिला सदस्यमा सीता परियार नयाँ शक्तिबाट उम्मेद्वार छन् भने महिला सदस्यमा उमा लिम्बू र खुल्ला सदस्यमा पुष्कर पोख्रेल ससफोबाट उम्मेद्वार बनेका हुन् ।

वडा ६ बाट सेटमै नयाँ शक्तिले उम्मेद्वारी दिएका छन् । अध्यक्षमा पुष्पराम न्यौपाने, महिला सदस्यमा सुनिता पौदार, दलित महिला सदस्यमा सुनिता राम मोची, खुल्ला सदस्यमा गुड्डुकुमार जजैसवालले उम्मेद्वारी दिएका छन् ।

वडा ७ मा फोरम नेपालको सेट उम्मेद्वार उठेका छन् । अध्यक्ष्यमा गजेन्द्र लावती, महिला सदस्य विश्नुकुमारी चेम्जोङ, दलित सदस्य लक्ष्मी सार्की र खुला सदस्य महेन्द्रकुमार सुब्बाको मनोनयन परेको छ ।

वडा ८ मा नयाँ शक्तिको अध्यक्ष उम्मेद्वार उमेश गजमेरको उम्मेद्वारी परेको छ ।

वडा ९ मा फोरम नेपालबाट अध्यक्षमा मिनकुमार लिम्बू, महिला सदस्यमा धनकुमारी कार्की , खुला सदस्यमा रणबहदुर राईको उम्मेद्वारी दर्ता भएको छ ।

वडा १० मा नयाँ शक्तिबाट अध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेद्वारी परेको छ । वडा २ र ४ मा कुनै उम्मेद्वारी नौठाइएको बताइएको छ । दमकको चुनावी माहोलमा ससफोले निक्कै तरंग ल्याएको संयोजक देवानले बताउनुभयो ।

झापाको सबै १५ वटै गाउँ तथा नगर पालिकामा उम्मेद्वारी दर्ता कार्य जारी रहेको ससफो झापाका सचिव सुशील राईले बताउनुभयो । ससफोले नयाँशक्ती लगायत अन्य दलहरुसँग पनि तालमेल गरेर उम्मेद्वारी दिएको बताइएको छ । पहिचान विरोधी एमाले र गणतन्त्र विरोधी राप्रपासँग भने जिल्लाको कुनै पनि स्थानीय तहमा तालमेल नगरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्