Logo

कांग्रेस र एमाले कार्यकर्ताबीच चुनावका विषयमा झडप, एक जनाको मृत्यु



बाजुरा । वाजुराको छेदेदह गाउपालिकामा आईतबार मनोनयनका बेला नेपाली कागेंस र एमालेका कार्यकर्ता वीच झड्प हुँदा एकजना एमाले कार्यकर्ताको ज्यान गएको छ । सो घटनामा काँग्रेसका एकजना कार्यकर्ता गम्भिर घाईते भएका छन । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् ।

छेढेदह गाउापालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ। झडपका क्रममा हंश राउतको मृत्यु भएको छ । काग्रेंसका कार्यकर्ता छेदेदह गाउपालिका–६ का धन नाथ गम्भीर घाईते भएका छन । उनलाई उपचारका लागि पठाईएको छ । केही संख्यामा दुवै तर्फ सामान्य घाईते भएका छन



प्रतिक्रिया दिनुहोस्

Screenshot