काठमाडौं, ६ असार। विश्वकप फुटबल विजेता जर्मनीले कन्फेडेरशेन कप फुटबलमा विजयी सुरुवात गरेको छ ।रुसको सोची शहरमा सोमबार राति भएको खेलमा जर्मनीले एसियाली च्याम्पियन अष्ट्रेलियालाई ३-२ ले हरायो ।
खेलमा जर्मनीलाई विजयी गराउन जुलियन ड्राक्सलर, मार्स स्टिन्डल र लियोन गोरेत्जकाले एक/एक गोल गरे ।अष्ट्रेलियाका टम रोगिच र टमी जुरीचले दुई गोल फर्काए ।
विश्व विजेता अनुभवी खेलाडीहरुको सट्टा युवा खेलाडीको टिम बनाएर कन्फेडेरेशन कपमा पठाएको जर्मनीले पहिलो खेलमै संघर्षपूर्ण जित हात पारेको हो ।
कन्फेडेरेशन कप फुटबलमा बुधबारबाट दोस्रो चरणका खेलहरु हुनेछन् ।भोलि हुने खेलमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्ने छन् ।