Logo

ओलीले राष्ट्रवादी भन्दै जनतालाई भुलभुलैयामा राखेको कोइरालाको आरोप



shekhar

पाँचथर, ६ असार । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अब हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।

मंगलबार पाँचथरको फिदिममा बिहान रासससित कुराकानी गर्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट पनि क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका व्यक्तिलाई दिएको हुँदा अब पहिलो पार्टी बन्ने उनको भनाइ थियो ।

यस्तै, उनले नेकपा (एमाले)का अध्यक्षले अहिले पनि आफू राष्ट्रवादी भन्दै जनतालाई भूलभूलैयामा राखेको आरोप लगाए । सत्ता बाहिर हुँदा हिमाल पहाडमा छुट्टै राष्ट्रवाद र मधेसमा उग्र राष्ट्रवादको अफवाह फैलाएर मुलुकलाई बर्बाद गर्न नहुने उनको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्