Logo

मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत



काठमाडौं, ७ असार । नेपाली कांग्रेसका नेता एवम् निर्वतमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले मंसिरसम्म सरकारले दुई वटै निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि अहिलेदेखि नै तयारी सुरु गरिसकेको बताएका हुन् । उनले भने,‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ भन्ने मेरोपनि पनि मान्यता हो, अहिले सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्दा पैसाको मात्रै बचत नभएर मुलुकको सिमित साधन र स्रोधहरुको पनि बचत हुने जिकिर गरे । महतले भने,‘एकै चरणमा निर्वाचन गर्दा मुलुक र जनता दुवैको लागि हितकर हुन्छ।’ त्यस्तै उनले एकै चरणमा निर्वाचन गर्दा पार्टीले उम्मेद्धवारलाई टिकट दिन पनि सहज हुने जिकिर गरे ।

महतले संविधान कार्यान्वयन गर्नको लागि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको उल्लेख गर्दै भने,‘हामी दुई पार्टीवीचको तालमेल भनेको लोकतन्त्रलाई संस्थागत गर्न र विधिको बाटोमा मुलुकलाई हिँडाउनको लागि हो, मुलुकमा शान्ति प्रक्रिया सुरु गर्दापनि हामी दुई पार्टीवीच सहमति, सहकार्य र एकता भएको हो।’

उनले दोस्रो चरणको स्थानीय तहको निर्वाचन पनि एकै चरणमा गर्ने सरकारको उद्देश्य भएपनि राजपाको सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणको लागि सारिएको उल्लेख गर्दै असोज २ गतेपछि अब कुनैपनि हालतमा निर्वाचन नसर्ने जिकिर गरे । उनले भने,‘असोज २ गतेको निर्वाचन अब कसैलेपनि टार्न सक्दैन्।’ उनले राजपाले आफूहरुसँग एउटा सहमति गरेको र बाहिर आएर सहमति मान्दिन भनेको आरोप लगाउँदै यसले स्वयम राजपाको जनाधार नै कमजोर बनाउने ठोकुवा गरे । उनले राजपालाई धेरै गिजोल्ने काम नगर्न आग्रह समेत गरेका छन् ।

महतले अहिले देशमा लगानीको राम्रो वाताबरण बनेको समेत जिकिर गरे । उनले भने,‘देश राजनितीक रुपमा रुमलिए पनि अबको समय भनेको आर्थिक समृद्धितर्फ लागनुपर्ने बेला हो, मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउनको लागि हामी केन्द्ति हुनुपर्छ।’ उनले अब देश नारावादको आधारमा नचल्ने समेत जिकिर गरे । उनले भने,‘देशको नाममा एउटा कुरा गर्ने अनि कुटनीतिक टेबुलमा केही नबोल्ने तर सडकमा भने आकाश र पाताल जोड्ने कुरा गरेर देश बन्दैन् ।’

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलले सहमतिको राजनीति ाई अगाडि बढाउन सहयोग पुगेको उनको विश्वास थियो । महतले भने,‘चुनावी तालमेलले जनतालाई फाईदा पुगेको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot