Logo

फिफा कन्फेडेरेशन कप फुटबलमा आज रुस र पोर्चुगल भिड्दै



काठमाडौं, ७ असार । फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदैछन् ।आज हुने खेलहरुमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा जित हात पारेको रुस आज लगातार दोस्रो जितको खोजीमा छ ।

आयोजक रुसले उद्घाटन खेलमा न्युजिल्याण्डलाई २-० ले हराएको थियो ।उता पहिलो खेलमा मेक्सिकोसँग २-२ गोलको बराबरी खेलेको पोर्चुगल आज पहिलो जीतको खोजीमा छ ।

आज हुने दोस्रो खेलमा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । दुबै टोली जारी प्रतियोगितामा पहिलो जीतको खोजीमा रहेका छन् ।एजेन्सीको सहयोगमा 

 



प्रतिक्रिया दिनुहोस्