Logo

कन्फेडेरेशन कप फुटबल : पोर्चुगलले रुसलाई हरायो



काठमाडौं, ८ असार । रुसमा जारी कन्फेडेरेशन कप फुटबलअन्तर्गत बुधबार राती भएका खेलमा पोर्चुगल र मेक्सिको विजयी भएका छन् ।

युरोपियन च्याम्पियन पोर्चुगलले आयोजक रुसलाई १-० ले हराएको हो । खेलमा पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।

बुधबार राति भएको अर्को खेलमा उत्तर अमेरिकी च्याम्पियन मेक्सिकोले ओसियाना समूहको च्याम्पियन न्युजिल्याण्डलाई २/१ ले हरायो ।

मेक्सिकोलाई जिताउन राउल जिमिनेज र ओरीबे पेराल्टाले एक एक गोल गरे । न्यूजिल्याण्डका क्रिस उडले सुरुवाती गोल गरेका थिए ।

खेलपछि समुह ए बाट सेमिफाइनल पुग्ने समिकरण रोचक बनेको छ ।दुई खेलबाट ४-४ अंक बटुलेका मेक्सिको र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानको रुसको ३ अंक रहेको छ ।

अन्तिम खेलमा रुस र मेक्सिको तथा पोर्चुगल र न्युजिल्याण्ड भिडेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।कन्फेडेरेसन कप फुटबलमा आज बेलुकी दुई दावेदार टोलीहरु जर्मनी र चिली भिड्नेछन् ।

पहिलो खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ ले हराएको थियो भने चिलीले क्यामरुनलाई २-० ले पाखा लगाएको थियो ।आज विजयी हुने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्नेछ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot