Logo

दलहरुबीच विधि र प्रक्रियागत एकता आवश्यक : नेता गुरुङ



ताप्लेजुङ, ८ असार । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले मुलुकलाई सङ्क्रमणकालीन अवस्थाबाट पार लगाउन दलहरुबीच प्रक्रियागत एकताको आवश्यकता भएको बताउनुभएको छ ।

आज ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले दलहरुबीच अन्तर्वस्तुमा विमति रहे तिनलाई विचारको स्वतन्त्रताको हकमा सम्मानपूर्वक छलफलमा राख्दै विधि र प्रक्रियामा भने एकै ठाउँमा उभिन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

निषेधको राजनीतिले निकासको बाटो बन्द हुने जानीजानी मुलुकलाई सङ्क्रमणको खाल्डोमा हाल्न नहुनेतर्फ माओवादी केन्द्र सचेत रहेको उहाँको टिप्पणी छ । संविधान जारीपछि निर्वाचनको वातावरण बनाउन र निर्वाचन गराउन माओवादी केन्द्रले सहजीकरणको कार्य गर्दै दलहरुलाई एकै ठाउँमा उभ्याउन मुख्य भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । यस्तै निर्वाचनप्रति असन्तुष्ट दलहरुलाई समेत सहमतिमा ल्याउन सरकारले पहल गरिरहेको र चाँडै सहमतिमा आउने गुरुङको दाबी छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot