Logo

कन्फेडेरेशन कप फुटबल : जर्मनी र चिलीले बराबरी खेले



काठमाडौं, असार ९ । रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका दुबै खेल बराबरीमा सकिएका छन् ।

दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेले । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका लार्स स्टिण्डलले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

यो खेलपछि अलेक्सीस सान्चेज चिलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । आर्सनलका खेलाडी सान्चेजले अहिलेसम्म देशका लागि ३८ गोल गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot