Logo

क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेले



काठमाडौं, ९ असार । रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् ।

खेलमा क्यामरुनका आन्द्रे एन्गुईसाले पहिलो गोल गरेका थिए ।

तर दोस्रो हाफमा पाएको पेनाल्टी अवसरमा अस्ट्रेलियाका मार्क मिलिगानले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot