Logo

चुनावी दौडाहामा प्रधानमन्त्री देउवा गृहजिल्ला, पार्टीको साखः जोगाउन कि गुमाउलान ? यस्तो छ रस्साकस्सी !



काठमाडौं, ९ असार । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्र्रसाद यादवले जनाएका छन् ।

चुनावी प्रतिष्पर्धामा पहिलो चरणमाझै प्रमुख दलहरु नै यो पटकपनि मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा प्रमुख दलका शीर्ष नेताहरु दौडाहामा निस्किएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपनि चुनावी दौड सकेर हिजोमात्रै राजधानी फर्किएका छन् । यता सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि पूर्वको चुनावी दौड सम्पन्न गरेर पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल दौडमा निस्किएका छन् ।

सबैभन्दा ठूला दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि चुनावी प्रचारप्रसारको लागि सुदूरपश्चिमको भ्रमणमा निस्केका छन्। प्रधानमन्त्री देउउवा शुक्रबार बिहान कैलाली पुगेका छन्  । उनले सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन्। चुनावी सभालाई सम्बोधन गर्न निस्किएका हुन् । देउवाले दोस्रो चरणको निर्वाचनमा भोट हाल्नेछन् । त्यसको लागि उनी आजै सुदुरपश्चिम हानिएका हुन् । देउवा आफ्नो गृहजिल्लामा ५ दिन बस्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवाले आज कैलाली र कञ्चनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन्  । प्रधानमन्त्री देउवाले शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिकाको फुलबारीमा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई पनि सम्बोधन गरिसकेका छन । कैलालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका देउवाले आजै कञ्चनपुरमा पनि विशेष सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्री देउवा भोलि शनिबार दिउँसो नै गृह जिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम रहेको छ। गृह जिल्ला पुग्ना साथ प्रधानमन्त्री देउवाले परशुराम नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार भोलि गृह जिल्ला डडेल्धुरामा एउटामात्रै चुनावी सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा सदरमुकाम अमरगढीस्थित स्याउबारी होटलमा बस्नेछन्।

देउवाले धनगढीको क्याम्पस चोकमा र दिउँसो २ बजे फुलवारी डिपो बजारमा चुनावी सभालाई सम्बोधन गरे। सुदुरपश्चिमको विकास हुनको लागि पनि नेपाली काग्रेसले जित्नु जरुरी भएको उनको भनाइृ थियो । उनले भने, ‘काग्रेसले जितेमा गाउँ गाउँ सडक, कालोपत्रे, ढल निकास लगायत सुदुरपश्चिमको विकास हुने छ।”

क्षेत्रका दाजुभाई दिदी वहिनीको आर्शीवाद र सहयोगले प्रधानमन्त्री हुन पाएको उनले बताए। नमुना मेडिकल कलेज,आयुर्वे्दिक अस्पताल, गौरिफन्टा भन्सार नाका बन्द हुन नदिने र स्तरोन्नती गर्ने, नदी कटान गर्ने लगायतका विकासका काम गर्ने प्रतिवद्धता जनाउँदै नृप वडलाई जिताउन उनले आग्रह गरे।

चुनावी सभालाई सम्बोधन गर्दा निकै कम समय खर्चिएका देउवाले विकास र समृद्धिको कुरा मात्रै गरे । उनले पश्चिम सेती परियोजना, पन्चेश्वर लगायतका आयोजना पनि संचालन गर्ने बताए।

शीर्ष नेताले मतदातालाई फकाउन स्थानीय जनताले उठाएका मागलाई चुनावी सभामा पुरा गर्ने आश्वासन दिएका छन् ।

धनगढी उपमहानगरपालिकालाई  ठूला राजनीतिक दलले प्रतिष्ठाको बिषय बनाएर बिशेष जोड दिएका छन्। नेपाली कांग्रेसलाई आफ्नो प्रभुत्व कायम राख्नु परेको छ। प्रधानमन्त्री देउवाको समेत प्रतिष्ठाको बिषय यो उपमहानगरपालिकामा गाँसिएको छ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि अहिले बलियो रुपमा प्रस्तुत भैरहेको छ । एमाले जुनसुकै हालतमा पनि कांग्रेसको खासगरी प्रधानमन्त्री देउवाको प्रभुत्व भत्काउन चाहान्छ।

देउवालाई टक्कर दिनको लागि एमालेका उपाध्यक्ष भीम बहादुर रावल विगत एक महिनादेखि चुनावी अभियानमा होमिएका छन् । रावल सुदुरपश्चिममा अड्डा जमाएर बसेका छन् ।

उनले यस अघि नै फुलवारीको डीपो बजार लगायतका चुनावी सभालाई सम्बोधन गरिसकेका छन। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि प्रदेश नम्बर ७ मा पुगिसकेकोले एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल शनिवार त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।

देउवाले सुदुरपश्चिममा आफ्नो अस्तित्व जोगाउलान वा के गर्लान भन्नेबारेमा अहिले केन्दीय तहमा चर्चाको विषय बनेको छ । आइतबार प्रधानमन्त्री देउवाले अमरगढी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अमरगढी नगरपालिकाको चुनावी सभापछि देउवा आफ्नो गिनियाधुरा गाउँपालिका र नवदूर्गा गाउँपालिकाको संयुक्त आयोजनामा सकाइलमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री देउवाको निवास गन्यापधुरा गाउँपालिकामामा पर्दछ। जुन क्षेत्र देउवा आफू जन्मेको ठाउँ पनि हो। असीग्राममा जन्मिएका प्रधानमन्त्री देउवाले असार १४ गते गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम उच्चमावी मतदान केन्द्रमा भोट हाल्ने उनका स्वकीय सचिव देउवाले जानकारी दिए। शनिबार गृहजिल्ला पुग्ने प्रधानमन्त्री देउवा बुधबार मत हालेर मात्रै काठमाडौं फर्किने उनका स्वकीय सचिव भानुले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्