Logo

नरिवलको तेल सेवन मुटुको लागि घातक



काठमाडौं, १० असार । आमजनमानसमा स्वास्थ्यका लागि लाभदायी मानिने नरिवलको तेल वास्तवमा स्वास्थयका लागि हानिकारक हुने बताइएको छ । नरिवलको तेल पनि घिउ तथा बोसो जतिकै हानीकारक हुने केही विशेषज्ञहरुले दाबी गरेका छन् ।

अमेरिकन हार्ट एसोसियसनका अनुसार नरिवलको तेलमा ८० प्रतिशत जनावरको बोसो जस्तै तत्व पाइने भएकाले नरिवलको तेल खानामा धेरै भन्दा धेरै कम गर्नुपर्नेमा जोड दिएका छन् । बरु यसको सट्टामा जैतनु वा सूर्यमुखीको तेल प्रयोग गर्न सुझाव दिएका छन् ।

केहि विशेषज्ञका अनुसार नरिवलको तेल सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढाईदिने उनीहरुको दाबी छ । जसका कारण धमनी अवरुद्ध भइ हृदयघात हुने खतरा बढ्न सक्छ । (एजेन्सीको सहयोगमा )

 



प्रतिक्रिया दिनुहोस्

Screenshot