नयाँदिल्ली, १० असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारबाट तीन वटा देशको भ्रमण सुरु गर्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उहाँले पोर्चुगल, अमेरिका र नेदरल्याण्डको भ्रमण गर्ने तालिका रहेको प्रधानमन्त्रीको कार्यालयका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार उहाँको भ्रमण चार दिने हुनेछ ।
उहाँले भ्रमणका क्रममा ती देशका अधिकारीहरुसँग दुई पक्षीय हित र साझा सरोकारका विषयहरुमा छलफल गर्नुहुने सरकारका एक जना प्रवक्ताले जानकारी दिएका छन् ।
मोदी सवै भन्दा पहिला पोर्चुगलको राजधानी लिस्बोनमा शनिबार दिउसो पुग्नु भएको छ । त्यहाँ रहदा उहाँले दुई देशले आगामी दिनमा गर्न सक्ने सहकार्यका उपायहरुका बारेमा छलफल गर्नुहुने भएको छ ।
त्यसैगरी आर्थिक सहयोग आदानप्रदान, विज्ञान र प्रविधि, खाली ठाँउहरुको साझा उपयोग र जनता जनता बीचको सम्बन्ध लगायतका विषयमा पनि उहाँहरुको छलफल केन्द्रित हुने भएको छ ।
पोर्चुगलपछि प्रधानमन्त्री मोदी अमेरिकाको राजधानी वासिङटन डिसी जानुहुने भ्रमण तालिका रहेको छ ।
शनिबारदेखि सोमबारसम्मको अमेरिका भ्रमणका क्रममा आफूले अमेरिका र भारतको सम्बन्धलाई थप फराकिलो बनाउने बारेमा छलफल गर्ने मोदीले बताउनु भएको छ ।
प्रधानमन्त्री मोदीले वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता कार्यक्रम रहेको बताइएको छ । दुई नेताबीचको यो नै पहिलो भेटवार्ता हो ।
अमेरिकाको भ्रमण सकिएर उहाँ आउँदो मङगलबार नेदरल्याण्ड जाने कार्यक्रम रहेको छ । रासस/सिन्ह्वा