Logo

पोर्चुगल कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश



काठमाडौं, असार ११ । पोर्चुगल कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रुसमा जारी प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा ओसियाना समुहको च्याम्पियन न्युजिल्याण्डलाई ४-० ले हराउँदै पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

खेलमा पर्चेुगललाई विजयी गराउन क्रिस्चियानो रोनाल्डो, बर्नार्डो सिल्भा, आन्द्रे सिल्भा र नानीले एक–एक गोल गरे ।

जितसँगै पोर्चगलले समुह विजेताको रुपमा सेमिफाइनलमा ठाउँ बनाएको हो ।

 



प्रतिक्रिया दिनुहोस्