Logo

निर्वाचन आउन तीन दिन बाँकी, ३५ जिल्लामा मतदाता परिचयपत्र वितरण सुरु



काठमाडौं, ११ असार । निर्वाचन आयोगले असार १४ गते निर्वाचन हुने स्थानीय तहमा आजदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।

आयोगले ३५ जिल्लाका २ सय ३४ स्थानीय तहमा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षासमेत सञ्चालन गरेको हो । शनिबार बेलुकासम्म सबै मतदान स्थलमा निर्वाचन अधिकृत र्पुयाएको आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले दोस्रो चरणमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएको जानकारी दिएको छ । १४ गते हुने चुनावबाट १५ हजार ३८ जना प्रतिनिधि चुनिनेछन् ।
दोस्रो चरणमा १ महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका, २ सय १५ गाउँपालिका गरी ३ सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ ।

यसपटकको चुनावमा ६४ लाख ३२ हजार ७ सय ६५ जनाले मताधिकार प्रयोग गर्ने छन् । चुनावका लागि चार हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ । यसको लागि आयोगले सबै कर्मचारी सम्बन्धित स्थानमा खटाईसकेको छ ।

सरकारले पनि चुनावमा मतदान गर्नको लागि आम जनताको सुरक्षाको बलियो बन्दोबस्दो गरिसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्