Logo

स्थानीय तहमा काँग्रेसले हारे लोकतन्त्र कमजोर हुन्छ : नेत्री कोइराला



विराटनगर, ११ असार । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा काँग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुने बताएकी छिन।

विराटनगर आफ्नै निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताईन । उनले भने,“काँग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ, संविधान कार्यान्वयन हुन सक्दैन ।”

नेत्री कोइरालाले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुढृढीकरणका लागि भएपनि काँग्रेस एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने बताएकी हुन ।

उनले स्थानीय निकाय पाँच वर्षका लागि स्थायी रुपको सरकार भएकाले कसैले हल्लाउन नसक्ने भन्दै स्थानीय तहको विकासका लागि नेपाली काँग्रेसका प्रतिनिधीलाई जिताउन कार्यकर्तालाई निर्देशन दिईन ।

पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेत्री कोइरालाले तीन तहकै निर्वाचन काँग्रेसको नेतृत्वमा हुने हुँदा अरु निर्वाचनलाई पनि स्थानीय तहको निर्वाचनले असर गर्ने भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउनुपर्ने बताईन ।



प्रतिक्रिया दिनुहोस्