Logo

टेस्लाले ल्यायो नेपालमै पहिलो पटक भिटामिन सी फिल्टर भएको एसी



चितवन, असार ११ । भुलक्ष्मी ग्रुपले नेपाली बजारमा पहिलो पटक भिटामिन सी फिल्टर भएको टेस्ला ब्राण्डको एयरकण्डिसन ल्याएको छ ।

भुलक्ष्मी ग्रुपले बजारमा ल्याएको टेस्ला ब्राण्डको एयर कण्डिसन ग्राहकको रोजाईमा परेपछि ग्राहकहरुलाई थप आकर्षण गर्न पहिलो पटक भिटामिन सी फिल्टर भएको एसी बजारमा ल्याएको हो । भुलक्ष्मी ग्रुपले एयरकण्डिसनको गुणस्तरमा कुनै सम्झौता नगरेको कारण ग्राहकको रोजाईमा टेस्ला एसी परेको हो ।

टेस्लाले गतवर्षको अन्त्यतिर सबै प्रकारका एयर कण्डिसनमा ३० प्रतिशतसम्मको समर कर्पोरेट डिसकाउण्ट अफर ल्याइएको थियो । त्यस अवसरमा पनि धेरैले एसी खरिद गरेको भुलक्ष्मी ग्रुपका प्रवन्ध निर्देशक किरण आचार्यले जानकारी दिनुभयो ।

उहाँले बेलाबखतको अफर र गुणस्तरमा कुनै सम्झौता नगरिने भएकाले ग्राहकहरु माझ टेस्ला एसीको माग बढेको हो । उहाँले नेपाली बजारमा पहिलो पटक भिटामिन सी फिल्टर भएको टेस्ला ब्राण्डको एयरकण्डिसनलाई पनि ग्राहकहरुले मन पराउनेमा विश्वास व्यक्त गर्नुभयो ।

टेस्ला ब्राण्डका एयरकण्डिसनहरु ४५ हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्मका रहेका छन् । जापनिज कम्प्रेसर भएको टेस्ला एयरकण्डिसनर टिकाउँ र भरपर्दो रहेको छ । पछिल्लो समय ग्राहकहरुको रोजाईमा परेको टेस्ला ब्राण्डको एयरकण्डिसन छिट्टै अन्य जिल्लाहरुमा समेत अफरका साथ विक्री वितरण हुने प्रवन्ध निर्देशक आचार्यले जानकारी दिनुभयो ।

टेस्लाको आधिकारिक डिलरहरु चितवनसंगै काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, कावासोती, वीरगन्जलगायतका स्थानहरुमा रहेका छन् । टेस्ला ब्राण्डको एयरकण्डिसनको मूख्य विशेषताहरुमा कम विद्युत खपत, दुई वर्षसम्मको वारेन्टीलगायत रहेका छन् ।

भिटामिन सी फिल्टर भएको एसीको यस्तो छ फाईदा

भुलक्ष्मी ग्रुपले टेस्ला ब्राण्डमा ल्याएको भिटामिन सी फिल्टर भएको एसीले धेरै फाईदा पु¥याउँछ । यसले विशेषगरि बच्चाहरुका लागि सुहाउँदो वातावरण बनाईदिन्छ । घरमा बच्चा छ भने यो एसीले असर गर्दैन् ।

यस्तै, भिटामिन सी फिल्टर भएको एसीले शरीरको छालालाई राम्रो गर्छ । जसले गर्दा नेपाली ग्राहकहरुले यस एसीको खोजीमा छन् । अरु कम्पनीले यस्तो एसी ल्याएपनि भुलक्ष्मी ग्रुपले भने पहिलो पटक टेस्ला ब्राण्ड मार्फत ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्