Logo

प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?



प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला दोस्रो चरणको निर्वाचनको लागि मत हाल्नको लागि गृहजिल्ला डढेलधुरा पुगेका छन् । उनी चुनावी अभियानमा सहभागी हुन चुनाव हुनुभन्दा एक हप्ताअघि नै गृहजिल्ला पुगेका हुन् । देउवाले जिल्लाका विभिन्न चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । डढेलधुरामा कांग्रेस र एमालेवीच नै तिव्र प्रतिष्पर्धा छ । पुर्शराम नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आ–आफ्नो विजयी सुनिश्चित भएको दाबी गरेका छन् ।

पर्शुराम नगरपालिकामा कसले बाजी मार्ला भनेर पत्रकार ऋषि धमलाले कांग्रेस र एमालेका मेयरका उम्मेद्धवारसँग विशेष कुराकानी गरेका छन् । उक्त नगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट तारिसिँह बोहरा उम्मेद्धवार उम्मेद्धवार बनेका छन् भने कांग्रेबाट भीम बहादुर साउद मैदानमा छन् । पत्रकार धमलाले बोहरा र साउदलाई एकै चोटी गरेको रोचक कुराकानीको सम्पादित अंश :

पर्शुराम नगरपालिकामा काँग्रेस स्थीति के छ ? भिम बहादुर साउद जि ?

जनताको माया छ । सद्भाव छ । एकदमै राम्रो छ ।

कसरी राम्रो छ ? त्यको विकास गर्नु सक्नुभएको छ ?

एकदमै भएको छ। प्रधानमन्त्रीले यस क्षेत्रको लागि धेरै काम गर्नु भएको छ। यस क्षेत्रको विकासको लागि मेरो उम्मेद्धारी छ । सबै गाउँमा विकास गर्नु छ। बाटो खानेपानि व्यबस्था गर्नुछ । जलविद्युतको विकास, वेरोजगारलाई रोजगारको अवस सिर्जना गर्नुछ ।

तारिसिँह बोहराजी एमाले कसरी अघि बढ्दैछ पर्शुराममा ?

यस क्षेत्रमा एमालेको राम्रो पटक छ । अहिले पुरै देश एमालेमय बन्दै गईरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आधार क्षेत्र हो नि ?

यो क्षेत्र उहाँको हो । २५ वर्षदेखि उहाँको शासन छ । यो नगरपालिका देशको सबैभन्दा ठुलो नगरपालिका हो । तर यस नगरपालिकामा धेरै असुविधा छ । देउवाले २०३५ सालमा बनेको

जोगबुढाको बाटो अझैसम्म कालोपत्रे गरिएको छैन् । अहिलेसम्म पुर्शरामका जनताले कुनै सुविधा पाएका छैनन् । लालढुङ्गा बजारका जनताले लालपुर्जा पाएका छैनन् । सुकुम्बासीले जग्गा पाएका छैनन् । ०६२ सालमा ठुलोबाढि आयो ३२ जनाले ज्यान गुमाए । एकै घरका ८ जनाले ज्यान गुमाउँनु परेको दर्दनाक घट्ना अझै ताजा बनेर आउँछ । त्यो बाढी पीडितलाई राहत दिने काम भएको छैन् ।

भीबहादुर साउदजी बोहराजीको तर्क सही छ ?

यो गलत हो । धेरै विकास भएको छ । केही हदसम्म उहाँले भनेको ठिकै हो।

सुकुम्बासी समस्या समाधान गर्न सकिएको छैन् रे नि ?

हो । हामीले जुन भएको छ त्यसलाई थप्ने र विकास गर्ने भनेका छौँ। सबै समस्या समाधानको लागि हामी क्रियाशिल छौँ। भौगोलिक रुपमा ठुलो भएकोले केही समस्या बढी छन्।

तारिसिंहजी काँग्रेसले विकास गरेन भन्नुहुन्छ, एमालेका उपाध्यक्ष पनि त सुदुरपश्चिमको होईन र ?

हो । तर यस क्षेत्रको नेतृत्व उहाँले गर्नु भएको हो नि । यहाँका जनताले पार्टी भन्दामाथि उठेर उहाँलाई विकास गर्नुहोला जनतालाई सेवाथप्नु होला भनेर मत दिएका हुन् नि । तर त्यसो गर्नु भएन । धेरै गाउँमा बाटो छैन्। खानेपानि छैन् । चुनावका बेला धेरै काम ल्याउँनु हुन्छ तर व्यवहारमा कुनै काम भएको छैन् ।

देशको प्रधानमन्त्रीजस्तो व्यक्तिसँग कार्यक्रम नभएका त होईनन् होला नि ?

खै त भएको भए ? आज जनताले यसरी विकासको लागि भिख माग्नुपथ्र्यो ? सदमुकाममा मात्रै विकास गरेर हुन्छ ?

काँग्रसेले भोटमात्रै माग्ने विकास नगर्ने रहेछ नि बोहराजी ?

काँग्रेसले धेरै गरेको छ । हामी विकासका निम्ति लागिरहेका छौँ। अहिले डडेल्धुरामा विकासको बारेमा बहस भएको छ । यहाँ थुप्रै सम्भावनाहरू छन् ।

डडेलधुरामा एमालेको स्थान के हुन्छ ?
देशभरिनै एमालेको जित सुनिश्चित छ । यहाँपनि हामी जित्छौं । हामीसँग योजना छन् । विकासको मार्ग फराकिलो बनाउनेमा हामी प्रतिवद्ध छाँै। हाम्रो पक्षमा जनमत बढ्दैछ । जसको नीति उसकै नेतृत्व हुन्छ ।

काँग्रेसले के गर्छ त भिमबहादुर जी ?

होईन । यस नगरपालिकामा काँग्रेसको जित सनिश्चित छ । नेपाली काँग्रेसको किल्ला हो । काँग्रेससँग जनताले धेरै आश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्