Logo

एमालेका नेताको हिमचिम, उठबस र प्रेम पूर्वराजा ज्ञानेन्द्रसँग बढेको छ : प्रचण्ड



खोटाङ, ११ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसरकारले स्थानीय तहको रुपमा मान्यता प्राप्त गरेको बताएका छन् ।

माओवादी केन्द्रले आइतबार दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जनयुद्धका क्रममा अभ्यासमा ल्याइएका जनसरकारका युनिटले हाल स्थानीय तहका रुपमा संवैधानिक मान्यता प्राप्त गरेको बताएका हुन् ।

“स्थानीय जनसरकारको निर्वाचन संवैधानिक तथा वैधानिकरुपले संविधानमा व्यवस्था गरेर ल्याइएको छ”–उनले भने, “नेपाली काँग्रेस, नेकपा (एमाले) ले जित हासिल गरे यो उपलब्धिलाई पुनः गाउँ पञ्चायत बनाउने खतरा छ ।”

जनसरकारको अभ्यास गर्ने, एजेण्डा पेस गर्ने र नेतृत्व गर्ने पार्टीले हार बेहोरे देश पुनः पञ्चायतकालीन अवस्थामा फर्कने उनको भनाइ थियो ।

एमालेका नेताको हिमचिम, उठबस र प्रेम हिजोका राजावादी र पूर्वराजा ज्ञानेन्द्रसँग बढेको भन्दै अध्यक्ष दाहालले एमाले गणतन्त्रवादी हुँदै नभएको दाबी गरे । अध्यक्ष दाहालले यसअघि जिल्लाको दक्षिणी क्षेत्र सिम्पानीमा आयोजना गरिएको सभालाई समेत सम्बोधन गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot