Logo

विप्लवको निर्वाचन बहिस्कारको तुक छैन : गृहमन्त्री शर्मा



शरद रेग्मी : दाङ, असार १२ । गृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव) पक्षले गरेको निर्वाचन बहिस्कारको कुनै तुक नरहेको बताएका छन् ।

सोमवार विहान रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले विप्लवको निर्वाचन बहिस्कारलाई जनताले खिल्ली उडाइदिएको बताए ।

‘निर्वाचन खारेजीको घोषणा गरिरहेको कुरा नैतिक रुपमा समाप्त भइसकेको छ ।’ उनले थपे ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाँईले पनि सुन्नु भएको होला, कतै सहभागि हुने र कतै बहिस्कारको कुरागर्नु नीतिगत रुपमा मिल्दैन ।’

उनले राष्ट्रिय जनतापार्टी नेपाल लगायत विप्लवले पनि यो निर्वाचनमा भाग लिएकोले सबै दलहरुले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएको बताए । सबै मिलेर निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको उनले बताए ।

उनले वम विस्फोट गराएर आतंक सृजना गरेर मतदाताको अधिकार नखोस्न चेतावनी समेत दिएका थिए । निर्वाचनलाई शान्ति पूर्ण रुपमा सम्पन्न गराउनका लागि नेपाली प्रहरीलाई प्रमुख जिम्मेवारी प्रदान गरिएको र त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेना समेत सुरक्षाको लागि खटिने बताए ।

यसैबीच असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न उनले सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् ।

गृहमन्त्री शर्माले निर्वाचनका लागि सवै सुरक्षा ब्यवस्था मिलाईएको हुदा ढुक्क रहेर मतदानमा सहभागी हुन मतदाताहरुलाई आह्वान गरेका हुन । निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता र दलहरुको स्वच्छ प्रतिस्प्रर्धा हुनुले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न हुने मन्त्री शर्माले विश्वास व्यक्त गरेका छन् ।

फरक प्रशंगमा गृहमन्त्री शर्माले तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ अपहरणको घटनालाई सरकारले अत्यन्तै महत्वका साथ लिएको बताए । ‘खोजि कार्य तीव्र बनेको छ र प्रहरी सफलता नजिक पुगेको सूचना मलाई दिइएको छ ।’ मन्त्री शर्माले अगाडि भने ‘छट्टै अपहरणकारी सार्वजनिक गरिनेछन् ।’

उनले आफँुले गुन्डा गर्दी र महिला माथिका अत्याचार समाप्त गर्न इमान्दारी पूर्वक लागि पर्ने बताए । तर राजकुमार अपहरणका घटना घटनुको पछाडि भने केहि कारणहरु रहेको उनले बताए । शर्माले चाँडै तत्थ्य बाहिर आउने विश्वास दिलाएका थिए ।

कार्यक्रम रिपोटर्स क्लका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण क्लवका सचिव विमल गौतमले गरेका हुन ।

 



प्रतिक्रिया दिनुहोस्