Logo

यूएईका राष्ट्रपति लामो समयपछि सार्वजनिक कार्यक्रममा सहभागी



आबुधाबी (यूएई), १२ असार । युनाइटेड अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा बिन जैयद अल नयन सन् २०१४ मा मस्तिष्कघातका कारण बिरामी हुनुभएपछि आइतबार पहिलो पटक सार्वजनिक रुपमा देखा पर्नुभएको छ ।

मुसलमानहरुको महत्वपूर्ण पर्व ईद उल फित्र मनाउने क्रममा राष्ट्रपति शेख खलिफा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको यूएईको सरकारी समाचार संस्था ‘वाम’ ले जनाएको छ । वामले राष्ट्रपति सार्वजनिक कार्यक्रममा सरिक भएका तस्बिर सार्वजनिक गरेको छ ।

शेख खालिफाका अधिकारीसमेत उहाँ सहभागी कार्यक्रमको तस्बिर सार्वजनिक गरिएको हो । ईदको पहिलो दिन आबुधाबी दरबारमा विदेशी पाहुनासहित शेख खालिफा हँसिलो मुद्रामा प्रस्तुत हुनुभएको थियो ।

उनानसत्तरी वर्षीय राष्ट्रपति शेख खालिफा सन् २०१४ को जनवरीमा मस्तिष्कघातका कारण बेहोस भएपछि उहाँको शल्यक्रिया गरी उपचार भएको यूएईले जनाएको थियो ।

उहाँको बिरामीका कारण भएको अनुपस्थितिमा उहाँका सौतेनी भाइ शेख मोहम्मद बिन जैयदले कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । रासस÷एएफपी



प्रतिक्रिया दिनुहोस्

Screenshot