Logo

संस्कारको राजनितिक गर्नुपर्छ पूर्व गृहराज्यमन्त्री : पूर्वमन्त्री बाँनिया



रमित बि.क.बाजुरा,असार १२ ।नेपाली काँग्रेस नेता एवं पूर्व गृहराज्यमन्त्री माननिय ईन्द्र बाँनियाले अराजकताको राजनितिक भन्दा पनि संस्कारको राजनितिक गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस युनियन बाजुराले शाखा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली काँग्रेसले जहिले पनि सिद्धान्त र विचारको राजनितिक गर्ने भएकाले अरु पार्टी पनि नेपाली काँग्रेसको जस्तै राजनितिक गर्ने कला र संस्कार सिक्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले छेडेदह गाउँपालिकामा भएको घटनाको बारेमा बोल्दै मन्त्री बाँनियाले यसको सत्य तथ्य पत्ता लगाई पुलिसको कष्डडीमा रहेका काँग्रेस कार्यकर्ता तत्काल रिहाई गर्ने माग गर्ने बताउनुभएको छ ।

उहाँले यस घटनाकामा नेकपा एमालेले उत्तेजना बढाउने र लासको राजनितिक गरेर काँग्रेसलाई हराउने खेलमा लागेको समेत आरोप लगाउनुभएको छ ।

उहाँले यही असार १४ गते हुने स्थानिय तह दोस्रो चरणको निर्वाचनमा बाजुराका मतदातालाई भयरहित वातावरणमा सम्पन्न गराउनको लागी पहँल गरेको र गर्ने बताउनुभयो ।
जनताले आफुले चाँहेको पार्टीलाई अमुल्य मत हाल्ने निश्पक्ष वातावरणको व्यवस्था गर्ने बताउँदै शान्ति सुरक्षा त्यति मजबुत नभएको समेत नभएकाले मजबुद बनाउन पहँल गर्ने बताउनुभएको छ ।

एक फरक प्रसङ्कगमा बोल्दै मन्त्री बाँनियाले दासढुङ्कगामा भएको मदन भण्डारीको हत्यारा एमाले नै भएपनि पटक पटक प्रधानमन्त्री भएर सत्ता चलाउँदा समेत हत्यारालाई संरक्षण गरेको बताउनुभएको छ । नेकपा एमाले गणतन्त्र नचाँहेको बताउनु हुदैँ हिंसाको राजनिति काँग्रेसले मात्र अन्त्य गरेको बताउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot