Logo

प्रेमगित–२ की नायिका भन्छिन् : पहिलो प्रेम असफल भयो, अब असल प्रेमीको खोजीमा छु



काठमाडौं, १२ असार । प्रेम गीत–२ की नायिका अश्लेषा ठकुरीले नै पहिलो प्रेममै असफलता भोेगेको खुलासा गरेकी छिन् ।

हिमालय टेलिभिजनबाट प्रशारित धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायिका ठकुरीले यस्तो खुलासा गरेकी हुन् ।

चर्चित नायिका ठकुरीले आफ्नो पहिलो प्रेम नै असफल भएकोले आफू छिट्टै अर्को असल प्रेमीको खोजीमा रहेको बताईन् । उनले भनिन्,‘मेरो पहिलो प्रेम असफल भयो, तर म निराश छैन, म छिट्टै अर्को असल प्रेमकीको खोजीमा छु, मैले विवाह गर्ने केटा रोमान्टिक हुनुपर्छ ।’

पत्रकार धमलाले ठकुरीसँग गरेको रोचक कुराकानीको पूर्ण भिडियो :



प्रतिक्रिया दिनुहोस्

Screenshot