Logo

प्रदेश नम्बर ५ को सुरक्षा अवस्थालाई मध्येनजर गर्दै सुरक्षा निकायको गोप्य बैठक बुटवलमा, चुनाव विथोल्न आउनेमाथि जाईलाग्ने



काठमाडौं, १२ असार । असार १४ गतेको दोस्रो चरणको निर्वाचनलाई लिएर सरकारले सुरक्षा मजबुद बनाएको छ ।

प्रदेश नम्बर ५ मा कुनै अप्रिय घट्ना नघटोस भनेर अहिले रुपन्देहीको बुटवलमा पश्चिमाञ्चल क्षेत्रिय सुरक्षा निकायको बैठक बसेको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रशासन प्रमुख डेगेन्द्र राज शर्मा पौडेलले पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रदेश नम्बर ५ मा चुनाव विथोल्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान आयोगका क्षेत्रिय प्रमुखहरुको बैठक आज बसेको छ ।

बैठकले बलियो सुरक्षा प्रवन्ध बनाएको र चुनाव विथोल्न आउनेहरुलाई सरकारले नछोड्ने समेत निर्णय लिएको छ । चुनाव भाँडन आउनेमाथि सुरक्षा निकाय जाईलाग्ने समेत आजको बैठकले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot