Logo

शिवम् सिमेन्टको नयाँ अफर : २० बोरा किन्दा १ बोरा सित्तैमा



काठमाडौं, असार १४ शिवम् सिमेन्टले ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ। २० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा दिने अफर उसले अघि सारेको हा शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टलेप्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो ।
आफ्नै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै ग्राहक सामु राम्रो लोकप्रियता हासिल गर्न सफल भएको छ ।

मकवानपुरको गढी क्षेत्रमाा आफ्नै चुनढुङ्गा खानी भएको शिवम् शिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय संचालनमा सहयोग, स्वास्थ्य संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्