Logo

ईटालीको विश्वप्रसिद्ध पेन्टस् “सनमार्को” आजबाट नेपालमा पनि



काठमाडौं, १५ असार । विजेता ईन्टरनेश्नल पेन्टिङ एण्ड डेकोरेटिभ प्रा.ली.ले विश्वप्रसिद्ध ईटालियन पेन्ट्स सनमार्को नेपाली बजारमा पहिलोपटक भित्र्याएको छ ।

बिहीबार काठमाडौंस्थित् बत्तीसपुतलीमा रहेको विजेता प्रा.लीको मुख्य कार्यालयमा उक्त पेन्टस्सलाई आधिकारित रुपमा नेपाल भित्र्याईएको हो । प्रालीका प्रबन्ध निर्देशक मिलन बस्नेतका मातापिता गंगाबहादुर र बेदमायाको हातबाट भएको थियो ।

उक्त कम्पनीको बजार निर्देशक जेने लुका पनि नेपाल आएका थिए । लुकाले उक्त पेन्ट्स नेपाल भित्रिएको खुशी व्यक्त गर्दै भने,‘आशा छ, यो ब्राण्ड व्यापक रुपमा अघि बढ्छ, मैले त यसअघि जीवनमा कहिल्यैपनि हाम्रो कम्पनीको अन्य देशमा शाखा विस्तार हुँदा यस्तो भव्य कार्यक्रम देखेकै थिईंन, तर आज जुन किसिमको यहाँहरुको उपस्थिति रहेको छ, यो निकै खुशीको कुरा हो।’

उनले विश्वभरि नै आफ्नो पेन्टस् नम्बर वान ब्राण्ड भएकोले नेपालमा पनि यसले राम्रो स्थान पाउने र पहिलो नै हुने दाबी गरे । कार्यक्रममा विभिन्न स्थानका मेयरहरु, विभिन्न राजनीतिक दलका नेताहरु र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल भित्रिएसँगै सनमार्को ८३ वटा देशमा पुगेको हो । सनमार्को पेन्ट्स ८० वर्ष पूरानो हो । ईटालीको भेनिस शहरमा अवस्थित् छ । प्रालीका प्रबन्ध निर्देशक बस्नेतका अनुसार यो कम्पनीको फ्याक्ट्री ईटालीमा ४ सय विघा जतिको हाराहारामीमा छ ।

बस्नेतका अनुसार उक्त विजेता प्राली विजेता ग्रुप एउटा पार्ट हो । यो गु्रप अन्र्तगर्त अरु चार वटा विभिन्न कम्पनीहरु युएईको दुवई र सार्जामा व्यवस्थति छन् । ५ वटै कम्पनीको निर्देशक स्वमय् बस्नेत नै हुन् ।

मिलन बस्नेत स्वयम् सनमार्को ग्रुपमा विगत १४ वर्षदेखि आवद्ध रहेको जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्