Logo

कन्फेडेरेसन कप : मेक्सिकोलाई पराजित गर्दै जर्मनी फाइनलमा



उपाधिका लागि चिलीसँग भिड्ने

मस्को, १६ असार । मेक्सिकोलाई हराउँदै जर्मनी कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले पराजित गरेको हो ।

खेलमा जर्मनीलाई विजयी गराउन लियोन गोरेत्ज्काले दुई गोल गरे भने टिमो वेर्नर र अनि युनुसले एक–एक गोल गरे ।पराजित टोली मेक्सिकोका मार्को फाबियानले एक सान्तोना गोल गरेका थिए ।

जितसँगै जर्मनीले चिलीविरुद्ध उपाधि भिडन्त तय गरेको छ । पहिलो सेमिफाइनलमा पोर्चुगललाई टाईब्रेकरमा हराउँदै चिली फाइनलमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्