Logo

अपहरणमा परेका तुलसीपुरका व्यापारी श्रेष्ठ मृत भेटिए



सल्यान, असार १६।  तीन साताअघि दाङको तुलसीपुरबाट अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठ मृत फेला परेका छन्। श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित पाथिभरा लेकमा सडेको अवस्थामा फेला परेको सल्यान जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए।

बुटवल बस्त्रालयका सञ्चालक रहेका व्यापारी श्रेष्ठ गत जेठ २६ गते दाङको तुलसीपुर बजारबाट अपहरणमा परेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot