Logo

ट्यूबलाइटले कमायो सात दिनमा सय करोड



मुम्बई, १६ असार । बलीउडका सुपरस्टार सलमान खानको फिल्म ‘ट्यूबलाइट’ले सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले उत्कृष्ट समिक्षा नपाएपनि प्रदर्शनको ६ दिनमा सय करोडको आँकडा पार गरेको हो । बिहीवारसम्म यो फिल्मले ११७ करोडको व्यापार गरेको छ ।

यो फिल्मले प्रदर्शनको पहिलो दिन २१.१५, दोस्रो दिन २१.१७, तेस्रो दिन २२.४५, चौंथो दिन १९.०९, पाँचौ दिन १२ करोड, छैठौं दिन ११ करोड र सातौं दिन १०.७५ करोडको विजनेश गरेको छ । सबै मिलाएर सात दिनमा यो फिल्मले कूल ११७.६१ करोडको व्यापार गरेको हो ।

यो फिल्ममा सलमान खानका अलावा ओम पूरी, जीशान अयूब, चीनी एक्ट्रेस झू झू र चाइल्ड एक्टर माटिन रे टेङगू मुख्य भूमिकामा छन् । यो फिल्ममा शाहरुख खानको पनि गेस्ट रोल छ । निर्देशक कबीर खानले यो फिल्मको निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot