Logo

वेस्टइन्डिजविरुद्ध भारतको लगातार दोस्रो जित



एन्टीगुवा, १७ असार । भारत र वेस्टइन्डिजबीच भइरहेको पाँच एक दिवसीय क्रिकेट शृंखलाको तेस्रो म्याचमा भारत ९३ रनले विजयी भएको छ ।

शुक्रबार रातिसम्पन्न म्याचमा जितसँगै भारतले २–० को अग्रता बनाएको छ । पाँच एक दिवसीय शृंखलाको तेस्रो म्याच आइपुग्दा भारतले लगातार दोस्रो जित पार्दै अग्रता बनाएको हो । पहिलो म्याच भने वर्षाका कारण नतिजारहित भएको थियो ।

शुक्रबार पहिले ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ४ किवेट गुमाएर २५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको वेस्टइन्डिजले ३९ औं ओभरको पहिलो बलमा सबै विकेट गुमाइसक्दा केवल १५८ रन बनायो ।

भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ७८ रन बनाए । त्यसैगरी अजिन्क्य रहाणेले ७२, केदार जाधवले ४०, युवराज सिंहले ३९ र कप्तान विराट कोहलीले ११ रन बनाए ।

वेस्ट इन्डिजका लागि भने जसोन मोहम्मदले सर्वाधिक ४० रन बनाए । त्यस्तै रोभमन पोवेलले ३०, शहाइ होपले २४, केल होपले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असमर्थ रहे । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्