Logo

सांसद लिम्बूको निधनमा शोक प्रस्ताव पारित



काठमाडौँ, १८ असार । व्यवस्थापिका– संसद्को आजको बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा (एमाले) का तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

उहाँको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । सांसद लिम्बूको यही असार १० गते ६० वर्षका उमेरमा अर्बुद रोगका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको त्रममा निधन भएको थियो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी लिम्बूले गाविस अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय महासङ्घको केन्द्रीय अध्यक्ष एवम् नेपाल महिला सङ्घको सचिवको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो । संसद्को अर्काे बैठक यही असार १९ गते बिहान ११ बजे बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्