Logo

बारबर्दिया र मधुवनमा माओवादी केन्द्र विजयी



गुलरिया (बर्दिया), १९ असार । बारबर्दिया नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दुर्गाबहादुर थारु ११ हजार ४२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर थारुले आठ हजार ६४५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादी केन्द्रकी अञ्जु दहित ११ हजार ११ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पा वलीले आठ हजार ६९५ मत प्राप्त गर्नुभयो ।

यस्तै मधुवन नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका कृष्ण केसी आठ हजार ४३१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाबहादुर वलीले पाँच हजार ९२३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रकी सुवरानी थारु सात हजार ५२३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी हिराकुमारी चौधरीले पाँच हजार ९४२ मत प्राप्त गर्नुभयो ।

यसैगरी गुलरिया नगरपालिकाको प्रमुखमा काँग्रेसका किटु यादव छ हजार २०७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हरि ज्ञवालीले पाँच हजार ७३६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा काँगे्रसकी सुशीला गिरी छ हजार ३६४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी टिका समसेलीले पाँच हजार ६८५ मत प्राप्त गर्नुभयो ।

यस्तै गेरुवा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जमानसिंह केसी छ हजार ३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विश्वबहादुर थारुले पाँच हजार १५८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी हिमकुमारी चौधरीले पाँच हजार ५५३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी लिला चौधरीले पाँच हजार ३१२ मत प्राप्त गर्नुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाको प्रमुखमा एमालेका घननारायण श्रेष्ठ सात हजार ७४ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्र आचार्यले छ हजार ९५५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रकी कृष्णकुस्मा थारु सात हजार ८६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी विना भट्टराईले छ हजार ९७५ मत प्राप्त गर्नुभयो ।

यसैगरी बढैयाताल गाँउपालिकाको अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ आठ हजार १९८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लल्लुराम थारुले छ हजार ८९६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालकी दिपाकुमारी गौतम आठ हजार ७८३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा आचार्यले छ हजार ४७१ मत प्राप्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्