Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिनेबारे राजपाभित्र चर्को विवाद



काठमाडौं, १९ असार । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय जनता पार्टी नेपालभित्र अहिले भाँडभैलो मच्चिएको छ ।

आफूहरुको माँग पूरा गर्न संविधान संशोधनप्रति सरकार गम्भिर नभएको बरु उल्टै पेलेर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको भन्दै राजपाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्नुपुर्व राजपा शीर्ष नेताहरुवीच नै मतमतान्तर देखिएको छ ।

राजपा निकट उच्च स्रोतका अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो लगायतका नेताहरु तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पक्षमा उभिएका छन् ।

फिर्ता लिनुहुँदैन भन्नेमा नेताहरु शरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिल झा देखिएका छन् । उनीहरुले सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिए ठिक नहुने भन्दै संयोजक ठाकुरलाई भेटेरै चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot