Logo

आगामी फागुनमा रेल आउँदै



काठमाडौं २० असार । नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ ।

भारतीय भुमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नेपालको हो । भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसार यही स्टेसनबाट आगामी फागुन सन् २०१८ को मार्च मा दुई देशलाई रेलमार्गले पुनः जोड्ने योजना छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्