Logo

नेपालगञ्ज उपमहागरपालिकामा राप्रपाका धवल समशेर मेयर



काठमाडौं २० असार । बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित हात परेको छ । राप्रपाले स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।

राप्रपाका उम्मेदवार धवल शम्शेर राणाले १२५१५ मत ल्याएर जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८७३० मत ल्याएर पराजित भए । राणाले ३७८५ मत अन्तरले मेयरमा बाजी मारेका हुन् ।  उपमेयरमा कांग्रेसकी उमा थापमगर विजयी भएकी छिन् । उनले १०७३१ मत ल्याएर उपमेयर पक्का गरिन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याइन् । नेपालगञ्जका निर्वाचन अधिकृतले अन्तिम मतपरिणाम घोषणा गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot