Logo

स्थानीय चुनावको नतिजाले माओवादी नेताको सन्तुलन गुमेको छ : गोकर्ण विष्ट



स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ५ को अहिलेसम्मको नतिजालाई कसरी लिनुभएको छ ?

समग्रमा देशभरी नेकपा एमाले पहिलो पार्टी भएको छ । नतिजा आउन बाँकी रहेका ठाउँमा पनि एमालेकै अग्रता देखिएको छ । समग्रमा उक्त प्रदेशको नतिजा एमालेकै पक्षमा आउँछ ।

प्रदेश नम्बर ५ को राजधानी कहाँ बनाउनु उचित देख्नुभएको छ ?

प्रदेशसभाको निर्वाचन भइसकेपछि प्रदेश संसदले नै राजधानीको टुङ्गो लगाउँछ । यसलाई मैले व्यक्तिरुपमा भन्न चाहन्न ।

तपाईको आफ्नो मत त भन्नुस् न ।

मेरो आफ्नो मतभन्दा पनि आवश्यकता पहिलो कुरा हो । पाँच नम्बर प्रदेशको मुख्य आकर्षण भनेको लुम्बिनी हो । बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थल होस् वा गौतम वुद्ध जन्मेको हिसाबले होस्, लुम्बिनी अन्तराष्ट्रिय स्तरमा चर्चित ठाउँ हो । लुम्बिनीको विकासका लागि ५ नम्बर प्रदेश मात्र नभै मुलुकले नै उचित ध्यान दिनुपर्छ ।

नेकपा माओवादी केन्द्रले त एमालेलाई पूर्व राजा ज्ञानेन्द्रको पछि लागेको आरोप लगाएको छ नि ?

स्थानीय चुनावमा कमजोर भएको माओवादीले यस्ता आरोप लगाउनु स्वभाविक नै हो । कतिपय राजनीतिक पात्रहरु पराजित भएको अवस्थामा विवेक नै गुमाउने जोखिममा पनि पुग्छन् । सन्तुलन नै पनि नगुम्ला भन्न सकिदैन । जितमा मात्तिने र हारमा आत्तिने, सन्तुलन गुमाउने हुँदा नचाहिदा अभिव्यक्ति सार्वजनिक गर्ने कुरा नेपाली राजनीतिमा बेलाबखत भएकै छ ।

यहाँको पार्टीले उठाएको राष्ट्रियताको विषयमा ज्ञानेन्द्रको मलजल थियो भन्ने आरोप पनि कतिपयले लगाउने गरेका छन् । के भन्नुहुन्छ ?

नेकपा एमालेलाई अनावश्यक आरोप लगाउनेहरु पराजित मानसिकताका हुन् । त्यसैले स्थानीय निकायको चुनावमा हार सहन बाध्य दल वा तिनका नेतालाई सन्तुलन कायम राखेर बोल्न सुझाब दिन्छु । अर्को कुरा एमालेलाई जनताले दिएको साथलाई देख्न नचाहने प्रवृत्ति देखिएको छ । त्यस्ता प्रवृत्तिलाई म दया मात्रै गर्छु अरु केही भन्दिन ।

संविधान संशोधनको विपक्षमा नेकपा एमाले किन उभिएको हो ?

संविधान संशोधन गर्नु आवश्यक छ वा छैन भन्ने कुरा नेपाली जनताले जनमतबाट प्रकट गरिरहेका छन् । हामीले संशोधन आवश्यक छैन भनेका थियौँ, स्थानीय तहको चुनावमा हामीले नै धेरै स्थानमा जितिरहेका छौँ । संविधान संशोधनलाई पहिलो शर्त मानेर बसेका पार्टीहरुको चुनाव बहिस्कारको आह्वानलाई तिनै पार्टीका नेता कार्याकर्ताले मानेका छैनन् । यसबाट के पुष्टी हुन्छ भने संविधान संशोधनको विषयमा एमालेको धारणा नै जनताको धरणा हो ।

यसको मतलब एमाले संविधान संशोधनमा सहमत हुन सक्दैन ?

संविधानलाई एमालेले गतिशिल दस्तावेजको रुपमा मानको छ । संविधान परिवर्तनशिल छ । संशोधन गर्न पनि सकिन्छ । तर आवश्यकता हेरेर संशोधन गर्नुपछसंविधानलाई एमालेले गतिशिल दस्तावेजको रुपमा मानको छ । संविधान परिवर्तनशिल छ । संशोधन गर्न पनि सकिन्छ । तर आवश्यकता हेरेर संशोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । राष्ट्र र जनताको दुरगामी हितलाई प्रतिकुल प्रभाव पार्ने गरी कुनै पनि मुद्दामा नेकपा एमाले सहमत हुन सक्दैन ।

 



प्रतिक्रिया दिनुहोस्